Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

केपी ओली झुकेपछि नेकपा विभाजनबाट जोगियो

केपी ओली झुकेपछि नेकपा विभाजनबाट जोगियो

  • शुक्रवार, श्रावण ३० २०७७

  • 2.5K
    SHARES

  • केपी ओली झुकेपछि नेकपा विभाजनबाट जोगियो


    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको दुर्घटनाबाट लगभग जोगिएको राजनीतिक विश्लेषहरुले टिप्पणी गरेका छन्। पार्टी एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली एक कदम पछि हटेपछि तत्कालका लागि फुटको सम्भावना अब सकिएको उनीहरुको टिप्पणी छ ।

    पार्टीमा तीन ठूला गुटहरुलाई समान हैसियत प्रदान गर्न ओली सहमत भएपछि विभाजनको खतरा टरेको राजनीतिक विश्लेषक पुरन्जन आचार्यले बताउनुभयो । हिजोका दिनमा दुई अध्यक्ष मिलेर किनारामा पारिएको माधव नेपाल समूहलाई समेत आफू समानको हैसियत दिन ओली तयार भएपछि तत्कालका लागि पार्टी विभाजनका खतरा टरेको अनुभूति आफूले गरेको उहाँले बताउनुभयो ।

    पार्टीमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलमा तीनवटै गुटबाट दुई दुई जना नेता अटाइएको विषय विवाद समाधानको पहिलो र महत्वपूर्ण कडि ठहरिने उहाँले बताउनुभयो । यो निर्णयलाई प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी ओली प्रचण्ड नेपाल समूहसँग झुकेको रुपमा पनि टिप्पणी गर्न मिल्ने उहाँको तर्क छ ।

    पार्टीको विवाद समाधानका लागि आज महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीनवटै गुटबाट दुई÷दुई जना नेताहरुलाई राखिएको छ । केपी ओली समूहबाट महासचिव पौडेलसहित नेता शंकर पोखरेल कार्यदलमा छन् भने प्रचण्ड समूहबाट नेताहरु जनादर्न शर्मा र पम्फा भुषाल अटाएका छन् । यस्तै माधव नेपाल समूहबाट नेता भीम रावल र सुरेन्द्र पाण्डे उक्त कार्यदलमा अटाएका छन् ।

    दुई अध्यक्षले गठन गरेको यो कार्यदलका संयोजक विष्णु पौडेलले आजैबाट पार्टीमा देखिएको बिग्रह समाप्त भएको घोषणा गर्नुभएको छ । उहाँले कतिपय मानिसहरुले बिग्रहको सपना देखे पनि आजैबाट त्यो सम्भावना सकिएको दाबी गर्दै पार्टी एकता अच्छुर्ण रहने दाबी गर्नुभयो ।

    महासचिव पौडेलले पार्टीमा विवाद आएपछि जटिल परिस्थिति उत्पन्न भएको कुरा सत्य भए पनि अब बिग्रहको सपना नदेख्न पनि चेतावनी दिनुभएको छ । उहाँले आफू नेतृत्वको कार्यदलले विवाद समाधानका लागि साझा र सर्वस्वीकार्य प्रस्तावसहितको प्रतिवेदन तयार पार्ने दाबी गर्नुभयो ।

    गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच दिनभित्रै नेकपाको विवाद समाधान हुन घोषणा गर्नुभएको थियो । त्यसको भोलिपल्ट हिजो र आज समेत गरी दुई पटक पार्टीका दुई अध्यक्षबीच वार्ता भएको छ । दुई अध्यक्षको उक्त वार्तामा नै विवाद समाधानको बिन्दु खोज्ने जिम्मेबारी कार्यदललाई दिने सहमति जुटेको हो ।

    कतिपयले महाधिवेशनको कार्यतालिका र सरकार हेरफेरको विषयमा पनि दुई अध्यक्षबीच सहमति जुटेको दाबी गरेका छन् । महाधिवेशन आयोजक कमिटि निर्माण गर्ने विषयमा पनि हल्ला चलेपछि पार्टीका केही नेताहरुले भने चरम असन्तुष्टि व्यक्त गरेका छन् ।

    नेकपाका प्रभावशाली नेता युवराज ज्ञवालीले महाधिवेशन आयोजक कमिटि बनाउने प्रस्ताव गलत भएको बताउनुभयो । विधान विपरित महाधिवेशन आयोजक कमिटि बनाउनु भनेको प्रकारान्तरले पार्टीलाई विघटन तर्फ लैजानु रहेको उहाँको दाबी छ ।

    केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल नेपाल समूहको माग इन्कार गरेपछि नेकपा विभाजनको डिलबाट गुज्रिरहेको छ । तर पछिल्ला केही दिन यता सहमतिका सम्भावनाहरु बढ्न थालेको देखिएपछि नेकपाका नेता कार्यकर्ताहरु उत्साहित छन् ।


    शुक्रवार, श्रावण ३० २०७७०७:३६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij