काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले ४३७ मत ल्याएर आफ्नो अग्रता कायम राखेका हुन् ।
नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा छन् । उनले ३७५ मत प्राप्त गरेका छन् ।
गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २७३ मत ल्याउनु भएको छ । काठमाडौंमा बालेनले सुरुवाती अग्रता कायम राखेका हुन् ।