काठमाडौं । सर्वत्र चासोका रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना शुरु भएको छ ।
महानगरको वडा नम्बर १ र ३२ को मतगणना शुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।
वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् ।
वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १–१ भोट मात्रै खसेको छ ।
समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् । काठमाडौंमा आधाजसो मात्रै मतदान भएको छ ।