Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्ट्रेचरमा मतदान केन्द्र लगिएका एक वृद्धको मृत्यु

स्ट्रेचरमा मतदान केन्द्र लगिएका एक वृद्धको मृत्यु

  • शुक्रवार, बैशाख ३० २०७९

  • 952
    SHARES

  • स्ट्रेचरमा मतदान केन्द्र लगिएका एक वृद्धको मृत्यु

    काठमाडैं । बैतडीको पाटन नगरपालिका ६ मा मतदान गर्न आएका एक बृद्धको मृत्यु भएको छ ।

    पाटन नगरपालिका ६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    उनलाई स्टेचरमा बोकेर कृष्ण माविको मतदानस्थलमा ल्याइएको थियो । मतदान स्थलमै अकस्मात बेहोस भएका बिष्टको उपचारका क्रममा मृत्यु भएको हो ।

    यसअघि बिहान दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हाल्न गएका दोगडाकेदार ३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको पनि मृत्यु भएको थियो ।


    शुक्रवार, बैशाख ३० २०७९०३:१५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij