Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२ बजेसम्म ४१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

२ बजेसम्म ४१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

  • शुक्रवार, बैशाख ३० २०७९

  • 799
    SHARES

  • २ बजेसम्म ४१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

    काठमाडैं - स्थानीय तह निर्वाचनमा आज दिउँसो २ बजेसम्मको अवधिमा ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

    छिटफुट घटनाबाहेक सबै मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखि नै शान्तिपूर्ण र उत्साजनक रुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा देशभर करिब ४१ प्रतिशत मतदान भइसकेको उल्लेख छ ।

    कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न.. १७ मा भने आज मतदान भएको छैन ।

    महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो ।


    शुक्रवार, बैशाख ३० २०७९०२:३६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij