Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धन दलका कार्यकर्ताले योजनावद्ध आक्रमण गर्दैछन् : ओली

गठबन्धन दलका कार्यकर्ताले योजनावद्ध आक्रमण गर्दैछन् : ओली

  • शुक्रवार, बैशाख ३० २०७९

  • 585
    SHARES

  • गठबन्धन दलका कार्यकर्ताले योजनावद्ध आक्रमण गर्दैछन्  : ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन दलका कार्यकर्ताहरुले आक्रमण गरिरहेको आरोप लगाएका छन् ।
    मतदान स्थलबाट पत्रकारहरुसँग कुरा गर्दै ओलीले गठबन्धन दलका कार्यकर्ताहरुले विभिन्न ठाउँमा आफ्ना दलका कार्यकर्ताहरुमाथि आक्रमण गरेको आरोप लगाएका हुन् । यस्ता आक्रमणका घटना आज मात्र नभई केही महिना अघि बाट नै गठबन्धन दलका कार्यकर्ताहरुले गर्दै आएको समेत ओलीले बताए ।

    लोकतन्त्रमा यस्ता घट्ना घट्नु उपयुक्त नभएको पनि उनको तर्क छ । स्थानीय तहको निर्वाचनले अत्यन्त अपेक्षित परिणाम ल्याउने समेत ओलीको बिश्वास छ । ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

     

     

     


    शुक्रवार, बैशाख ३० २०७९०१:०३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij