Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाको अपिल

निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाको अपिल

  • शुक्रवार, बैशाख ३० २०७९

  • 934
    SHARES

  • निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाको अपिल

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न मतदातामा अपिल गरेका छन् । 

    बिहीबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासी मतदातालाई अपिल गरेका हुन् ।

    देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन् ।

    ‘बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पु¥याउन म सबैमा आग्रह गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

    निर्वाचन आयोगका अनुसार निर्वाचनमा देशभरमा गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् । जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता रहेको आयोगले बताएको छ ।

    आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरी १० हजार ७ सय ५६ मतदान स्थल निर्धारण गरेको छ । यस्तै, देशभर २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम छन् । ती मतदान स्थल र केन्द्रमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

    निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको तथा विभिन्न पदमा गरी ३५ हजार २ सय २१ जना उम्मेदवार निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।


    शुक्रवार, बैशाख ३० २०७९०६:१२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij