Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनगढी उडेको श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

धनगढी उडेको श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

  • बुधवार, बैशाख २८ २०७९

  • 734
    SHARES

  • धनगढी उडेको श्री एयरलाइन्सको जहाज इन्जिन फेल भएपछि आकस्मिक अवतरण

    काठमाडौँ । इन्जिनमा समस्या देखिएपछि काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ ।

    विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका छन् ।

    सिटौलाका अनुसार १२ बजेर ८ मिनेटमा काठमाडौंमा उक्त विमानलाई अवतरण गराइएको हो । एउटा इन्जिनमा समस्या आएपछि एउटा इन्जिनका भरमा मात्रै उक्त विमानलाई काठमाडौं फर्काइएको हो ।

    २२३ उडान नम्बरको उक्त विमानमा ८७ जना यात्रु रहेको र सबै सकुशल रहेको पनि एयरलाइन्सले जानकारी दिएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।


    बुधवार, बैशाख २८ २०७९१२:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij