Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसियन गेम्स : ३५ सदस्यीय महिला भलिबल प्रारम्भिक टिम छनोट

एसियन गेम्स : ३५ सदस्यीय महिला भलिबल प्रारम्भिक टिम छनोट

  • मंगलवार, बैशाख २७ २०७९

  • 1.1K
    SHARES

  • एसियन गेम्स : ३५ सदस्यीय महिला भलिबल प्रारम्भिक टिम छनोट

    काठमाडौँ । चीनको हाङ्गझाउमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि नेपाल भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगबाट ३५ खेलाडी छनोट गरेको हो ।

    पहिला चरणमा छनोट हुन सफल खेलाडीहरुमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगती नाथ, सरस्वती जैशी, कामना बिष्ट, लक्ष्मी चन्द, पुनम चन्द र शान्तिकला तामाङ रहेका छन् ।

    त्यस्तै निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रीमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेश्मा भण्डारी, हिरा केसी, उषा बिष्ट र मनिषा खाँड अटाएका छन् ।

    तथापि, पछिल्लो समय चोटमुक्त हुन संघर्ष गरिरहेकी प्रतिभा माली पनि टिममा समावेश भएकी छिन् । सरस्वती चौधरीको नाम भने समावेश छैन । घुँडाको शल्यक्रियाका कारण सरस्वती पछिल्लो समय मैदान बाहिर छिन् ।

    महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

    एसियन गेम्स स्थगित भईसकेको छ । कोरोना भाईरसको महामारीको कारण एसियन गेम्स स्थगित गरिएको हो ।

    यस अघि एसियन गेम्स भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका रहेको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो ।


    मंगलवार, बैशाख २७ २०७९०४:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij