Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गाडी कहिलेबाट बन्द हुन्छन्, गृहमन्त्रालय यस्तो भन्छ

गाडी कहिलेबाट बन्द हुन्छन्, गृहमन्त्रालय यस्तो भन्छ

  • मंगलवार, बैशाख २७ २०७९

  • 2.9K
    SHARES

  • गाडी कहिलेबाट बन्द हुन्छन्, गृहमन्त्रालय यस्तो भन्छ

    काठमाडौं - आसन्न स्थानीय तहको निर्वाचन आउन तीन दिन बाँकी रहँदा आयोगले आफ्नो कार्यलाई तीब्रता दिएको छ । पछिल्लो समय आयोगले आचारसंहिता विपरित हुने कार्यहरुलाई बढी निगरानीमा राखेको छ ।

    आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । मौनअवधिको समयमा शुक्रबारसम्म कुनै पनि दल, दलका उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छैनन् ।

    यसैबीच, गृहमन्त्रालयले पनि आज रातिबाट सीमानाका बन्द हुने जनाएको छ । राति १२ बजेदेखि सीमा नाका बन्द हुनेछन्, अत्यावश्यक कामका लागि भने हिडहुल गर्न पाइने छ ।

    सीमामा सवार हुने गाडीहरु पनि आज रातिदेखि चल्ने छैनन् । आन्तरिक यातायातका साधनहरु भने बैशाख ३० गते मात्रै बन्द हुने गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

     


    मंगलवार, बैशाख २७ २०७९०४:०५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij