काठमाडौं । यसवर्षको स्थानीय तहको निर्वाचन २०७४ सालको भन्दा कम खर्चिलो हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले चुनाव खर्चको विषयमा प्रश्न उठाएका थिए । जवाफमा उनले ०७४ को भन्दा सस्तो हुने आयोगको आंकलन रहेको बताएका हुन् ।
०७४ मा स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । यो पटक यही ३० गते देशभर एकै पटक स्थानीय चुनाव हुँदैछ ।