Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

समाजवादीको चुनावी गीतमा गौतमकै खण्डन

समाजवादीको चुनावी गीतमा गौतमकै खण्डन

  • शुक्रवार, बैशाख २३ २०७९

  • 966
    SHARES

  • समाजवादीको चुनावी गीतमा गौतमकै खण्डन

    काठमाडौं । पछिल्लो समय नेकपा एकीकृत समाजवादीको चुनावी गीत रचना गर्नुभएका नेता बामदेव गौतमले आफू कुनै पनि पार्टीमा नखुलेको जिकीर गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कसँग संक्षिप्त टेलिफोन सम्वाद गर्दै गौतमले गीत लेख्दैमा कुनै पार्टीमा खुलिहाल्ने भन्ने नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेको हुँ तर, पार्टीमा खुलेको हैन ।

    स्थानीय तहको निर्वाचनपछि धेरै कुरा गरौँला, अहिले म बोल्दिन । आफू अहिले मुलुकको राजनीतिक भविष्यको चिन्तामा रहेको र उपयुक्त समयमा उपयुक्त निर्णय लिने गौतमको भनाइ छ ।

    नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेपछि गौतमप्रति विभिन्न आंकलन शुरु गरिएको थियो । उहाँ नेकपा एकीकृत समाजवादीमा खुलेको चर्चा भएपनि गौतमले स्वयं आफू तटस्थ नै रहेको बताउनुभएको छ ।

    गौतम लामो समयदेखि पार्टी राजनीतिबाट टाढिनुभएको छ । नेकपा विभाजित भइ नेकपा एमाले र माओवादी केन्द्र पुनस्र्थापित भएपछि उहाँ अलग्गै कित्तामा उभिनुभएको थियो । पुनः एमाले पनि विभाजित भएपछि गौतम मौन हुनुहुन्छ ।


    शुक्रवार, बैशाख २३ २०७९०३:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij