Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रेनु दाहालको कार्यकाल उत्कृष्ट भन्दै फेरी निर्वाचित गर्न नेता कार्यकर्तालाई देउवाको निर्देशन

रेनु दाहालको कार्यकाल उत्कृष्ट भन्दै फेरी निर्वाचित गर्न नेता कार्यकर्तालाई देउवाको निर्देशन

  • बिहिवार, बैशाख २२ २०७९

  • 903
    SHARES

  • रेनु दाहालको कार्यकाल उत्कृष्ट भन्दै फेरी निर्वाचित गर्न नेता कार्यकर्तालाई देउवाको निर्देशन

    काठमाडौं - सत्तारुढ गठबन्धन आवद्ध पाँच दलले आज चितवनको भरतपुरमा संयुक्त चुनावी सभा गरेका छन् । गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी नेत्री रेनु दाहालको पक्षमा मत माग्न र नेपाली कांग्रेसको समर्थन रहेको देखाउन आज गठबन्धनले आमसभा गरेको हो ।

    संयुक्त आमसभामा सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवार रेनु दाहाललाई नै विजयी गराउन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

    देउवाले गठबन्धनको मर्म अनुसार अगाडि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो । संविधान, लोकतन्त्रको रक्षा कवजका रुपमा गठबन्धन बनेको भन्दै देउवाले एकपटक सबैले दाहाललाई सहयोग गर्नुपर्ने आवऔँल्याउनु भएको छ ।

    अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्नुभएको उहाँले उहाँले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताउनुभयो ।

    सत्ता गठबन्धनको अर्का घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा कांग्रेस–माओवादी गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनुभएको छ । तर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०÷२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिवद्धता छ ।

    यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुरका निवर्तमान मेयर एवं हाल गठबन्धनबाट पुनः मेयरका उम्मेदवार रेनु दाहालले उत्कृष्ट काम गरेको बताउनुभएको छ । गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपालले रेनु दाहालले गरेको विकास उत्कृष्ट रहेको भन्दै बधाई पनि दिनुभयो । साथै रेनु दाहल लाई यो चुनावमा फेरी निर्वाचित गर्न नागरिकहरुमा आगह गर्नुभएको समेत छ ।

    गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार रेनु दाहालले विगत ५ वर्षमा गर्व गर्न लायक कामहरु गरेको दावी गर्नुभएको छ । आज गठबन्धनका तर्फबाट दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको दावी गर्नुभएको हो ।

    यता, पमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आसन्न स्थानीय तह निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्ने बताउनुभएको छ । अध्यक्ष ओलीले गन्तव्य बिनाको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने मात्रै रहेको दाबी गर्नुभयो ।

    गठबन्धनलाई मजबुद बनाउन सत्तारुढ पाँच दलले ऐक्यवद्धता जनाएतापनि कार्यकर्ताहरुलाई रिझाउन नसक्दा सोचेअनुरुप परिणाम आउनेमा शंका रहेको राजनीतिक विश्षेलकहरु बताउँछन् ।


    बिहिवार, बैशाख २२ २०७९०७:४६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij