Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

निर्वाचन अधिकृतलाई धाक, धम्की र त्रास देखाएको भन्दै पोखराका खड्का पक्राउ

निर्वाचन अधिकृतलाई धाक, धम्की र त्रास देखाएको भन्दै पोखराका खड्का पक्राउ

  • आइतवार, बैशाख १८ २०७९

  • 821
    SHARES

  • निर्वाचन अधिकृतलाई धाक, धम्की र त्रास देखाएको भन्दै पोखराका खड्का पक्राउ

    काठमाडौं - पोखराका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृतविरूद्ध धाक, धम्की र त्रास देखाएको भन्दै वैकल्पिक युवा संगठनका महासचिव अशोक खड्का पक्राउ परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको उजुरीमा खड्कालाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गर्न माग गरेको छ। उक्त ऐनको दफा २० को उपदफा १ (घ) अनुसार कारबाही गर्न निवेदन आएको डिएसपी तिवारीले बताए।

    निर्वाचनमा प्रभाव पार्ने कसुर तथा सजाय परिच्छेदअन्तर्गत उक्त दफामा निर्वाचन अधिकृत वा कर्मचारीलाई प्रभाव पार्ने गरी धाक, धम्की र त्रास दिन नहुने उल्लेख छ। ऐन अनुसार कसुर प्रमाणित भए खड्कालाई १ लाख रुपैयाँ जरिवाना वा १ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने कानुनमा उल्लेख छ।

    खड्काले निर्वाचन अधिकृतलाई धाक, धम्की र त्रास देखाउने गरी शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रदर्शन गरेको र भिडिओ बनाएर फेसबुकमा राखेको समेत उजुरीमा उल्लेख छ।

    अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले शनिबार पाएको लौरो चुनाव चिन्ह खोसिएको भन्दै विरोधमा खड्का सहभागी थिए। अटेरी अभियानका उम्मेदवारसहित खड्काले लौरो चुनाव चिन्ह खोसिएको विरोधमा आक्रोश पोखेका थिए।

    पोखरा महानगरमा अटेरी अभियानबाट लेखक गनेस पौडेलले मेयर उम्मेदवारी दिएका छन् भने वडा तहसम्म अभियानका उम्मेदवार छन्। उम्मेदवारलाई निर्वाचन चिन्ह दिने क्रममा शनिबार अटेरी समूहले लौरो चिन्ह पाएका थिए। दिउँसो निर्वाचन कार्यालयले उक्त चिन्ह दिन नमिल्ने जानकारी गराएपछि उनीहरू आक्रोशित भएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले साँझपख फेरि अटेरी समूहका स्वतन्त्र उम्मेदवारलाई लौरो चिन्ह दिने निर्णय गरेको थियो।

    डिएसपी तिवारीले उजुरी अनुसार अनुसन्धान अघि बढाउने बताए।


    आइतवार, बैशाख १८ २०७९०५:५३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij