काठमाडौँ । पाल्पाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले आफुले शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा स्मरणीय काम गरेको बताएका छन् । उनले समग्र शिक्षाको गुणस्तर बृद्धि तथा स्वास्थ, सडक, रोजगारीमा आम नागरीकले स्मरण गर्न सक्ने काम गरेको बताएका हुन् ।
जील्लामै पहिलो पटक कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरेको र सोही पाठ्यक्रममा आधारित भएर पाठ्य पुस्तक समेत तयार गरेर ४५ वटा बिद्ययालयमा पठन पाठन भइरहेको उनले बताए ।
त्यसैगरि सौभाग्य माध्यमिक विध्यालयमा प्राविधक शिक्षा अन्र्तगत इलेकट्रिकल इन्जिनियरिङ सम्मकै पठन पाठन हुँदै आएको पनि उनको भनाई छ ।
जील्लामै सबैभन्दा बढि आधारभुत तहको स्वाथ्यको अधिकार आमनागरिकलाइ दिएको भन्दै उनले गाउँपालिकामा पाँच बर्षमै चार हजार घरपरिवारका करिब बिस हजार नागरिकले सेवा लिएको बताए । सोहि कार्यक्रम अन्तरगत करिब चालिस करोड बराबरको रकम नागरिकको स्वस्थ्य सेवामा सदुपयोग भएको पनि उनको दावी छ ।
उनका अनुसार प्रत्यक स्वास्थ्य चौकिमा बर्थिङ सेन्टेर, जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरि आमनागरिकलाइ निशुल्क सेवा प्रदान गरीएको छ । गाउँपालिकाले दुइवटा एम्बुलेन्स सञ्चालन गर्नुका साथै झडेवा स्वास्थ्य चौकिलाइ पन्ध्र सय सैयाको अस्पतालमा रुपान्तरण गर्ने कार्यको थलानी समेत भइसकेको उनले बताए ।
यस्तै भौतिक पूर्वधार निर्माण तर्फ पनि थुप्रै काम भइरहेको उनको दावी छ । जसमा प्रत्येक वडाबाट गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले छोएको छ । साथै सडकको गुणस्तरिय बढाउन करोडौ लगानिमा कालोपत्रे पनि भइरहेको छ ।
गाउँमा अधिकांस नागरिक कृषिमा निर्भर भएकाले आफुहरुले कृषिलाइ आधुनिकीकरण र व्यवसायीकरण गर्नतर्फ विशेष जोड दिएको पनि उनको भनाइ छ । कृषिजन्य बस्तुहरु दुध, मासुजन्य पदार्थहरुको बिक्रीवितरण गर्नका लागि ६ करोड लागत गरिसकेका भन्दै उनले यसवाट पनि सयौं कृषक लाभवन्ति भइसकेको दावी गरे ।
उनका अनुसार ३ सय ६४ कृर्षकलाइ करिब दुई करोड भन्दा बढी रकमको कृर्षी औजारहरु समेत निशुल्क बितरण गरीएको छ भने सिप भएरपनि बेरोजगार बसेका युवाका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको र नयाँ शिप सिक्नेहरुका लागी पनी विभीन्न सिपमुलक तालीम सँगै विभिन्न पेशामा लगाईएको छ ।
साथै गाउँपालिकाका लागि आफुले सक्ने जति काम गरिसकेको र आउँदो पाँच वर्षका लागि पनि आफुसँग प्रष्ट गुरुयोजना भएको उनको दावी छ ।