Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यमले विज्ञापनको कारोबार गर्न नपाउने

बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यमले विज्ञापनको कारोबार गर्न नपाउने

  • शनिवार, बैशाख १७ २०७९

  • 485
    SHARES

  • बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यमले विज्ञापनको कारोबार गर्न नपाउने

    काठमाडौं - सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यमहरूलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।

    विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आउँदो साउन १ गतेदेखि लागु हुने गरी सो व्यवस्था गर्न लागिएको बताए । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चारमाध्यमहरूको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ ।

    बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीहरूले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको उनले बताए ।

    बोर्डले काठमाडौंमा आयोजना गरेको विज्ञापनसम्बन्धी तालिम कार्यक्रममा उनले भने, "विज्ञापन बोर्डले निकट भविष्यमा नै सञ्चारमाध्यमहरूको सूचीकरण गर्ने, सञ्चारमाध्यमहरूलाई वर्गीकरण गर्ने र सञ्चारमाध्यमहरू विज्ञापन बोर्डमा सूचीकरण नभई विज्ञापनको कारोबार गर्न नपाउने एउटा व्यवस्था गर्दै छौँ भने अर्को, विज्ञापन एजेन्सीहरू पनि विज्ञापन बोर्डमा सूचीकरण हुनुपर्ने र सूचिकरण भएपछि मात्रै विज्ञापनको कारोबार गर्न पाउने गरी हामी व्यवस्थापन गर्दै छौ । यी व्यवस्थाहरू आगामी साउन १ गतदेखि लागु हुनेछन् ।"

    बोर्डले हाल तर्जुमा गरिएको विज्ञापन ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न विज्ञापन व्यवसायमा संलग्नहरूलाई त्यससम्बन्धी तालिम दिने कामलाई निरन्तरता दिन लागिएको जनाएको छ ।


    शनिवार, बैशाख १७ २०७९०४:३२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij