Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यवसायीहरुद्वारा काम ठप्प

मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यवसायीहरुद्वारा काम ठप्प

  • आइतवार, बैशाख ११ २०७९

  • 412
    SHARES

  • मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यवसायीहरुद्वारा काम ठप्प

    काठमाडौँ । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय निर्माण साइटका काम बन्द गरेका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले आज आजदेखि ‘कन्सट्रक्सन होलिडे’ गरेको हो ।

    महासंघका अध्यक्ष रबि सिंहले पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रणबाहेकका ३ हजार ५ सय आयोजनाहरुमा काम बन्द भएको बताउनुभयो ।

    कन्स्ट्रक्सन होलिडेस सुरु भएपछि १३ वैशाखदेखि जिल्लास्थित निर्माण व्यवसायी संघहरुले जिल्ला प्रशासन कार्यालयमा र ७ वटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म दैनिक एक घण्टाका दरले धर्ना दिने कार्यक्रम छ ।


    आइतवार, बैशाख ११ २०७९०३:३८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij