Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश बितरण गर्ने

आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश बितरण गर्ने

  • बिहिवार, बैशाख १ २०७९

  • 493
    SHARES

  • आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश बितरण गर्ने

    काठमाडाैँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ प्रतिशत लाभांश बितरण गर्ने भएको छ। संस्थाको आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित छैठौँ बार्षिक साधारणसभाले सो प्रस्ताव पास गरेको अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

    प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले निर्णय गरेको हो । संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने छ। बितरण गरिने लाभांश चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । देशकै नमुना लघुवित्त बनाउने उद्धेश्यका साथ ५५ जिल्लामा १५० शाखा बिस्तार गरिएको अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

    त्यस्तै सभाले कुनै एक बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने-गाभिने वा मर्जरमा जाने विषयलाई स‌ंशोधनसहित पारित गरेको भने गत आर्थिक वर्षको वार्षिेक प्रतिवेदन र आव २०७७-०७८ अन्तिम सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरु पारित गरेको छ ।

    आर्थिक वर्ष २०७८-०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै देउराली लघुवित्तलाई प्राप्ति गरेपश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विनोद ज्ञवालीलाइ संचालकमा अनुमोदन समेत गरेको छ ।

    साे अवसरमा सिइयो लक्ष्मीप्रसाद शर्माले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सकारात्मक नतिजासहितका सुचकहरु निकालेको बताए । उनले संस्थाको आर्थिक सुचकका बारेमा प्रकाश पारेका थिए । साे अवसरमा कम्पनी सचिव शिब प्रसाद ज्ञवाली,संचालक सन्ताेष पाेखरेल,शेयर सदस्यहरु डा कपिल खनाल,डा धुर्व पाण्डे,अमृत अधिकारी, जीवन भण्डारी लगायतले बाेलेका थिए ।


    बिहिवार, बैशाख १ २०७९०९:४५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij