Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै, काठमाडौँ आइपुग्न केही दिन लाग्ने

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै, काठमाडौँ आइपुग्न केही दिन लाग्ने

  • मंगलवार, चैत्र २९ २०७८

  • 603
    SHARES

  • मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै, काठमाडौँ आइपुग्न केही दिन लाग्ने

    काठमाडौँ । मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै छ । पुनर्निर्माण सम्पन्न भएकाले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो । गत असार १ र साउन १७ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको थियो ।

    सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । पथान्तरण सुरु भए पनि काठमाडौँमा पानी आउन अझै केही दिन लाग्ने लाग्नेछ । गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न थालिएको थियो ।

    सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो ।


    मंगलवार, चैत्र २९ २०७८०६:५८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij