Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

जापान जान लागेकी युवती त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

जापान जान लागेकी युवती त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

  • सोमवार, चैत्र २८ २०७८

  • 770
    SHARES

  • जापान जान लागेकी युवती त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट एक थान गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले गोलीसहित तनहुँको भानु नगरपालिका–७ की, २७ वर्षीया सोबिता नेपालीलाई पक्राउ गरेको हो।

    प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । पक्राउ परेकी नेपाली आइतबार नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी थिइन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङमा चेकजाँच गर्ने क्रममा उनको ब्यागमा रहेको कालो रंगको मनिपर्सभित्र एक राउण्ड गोली फेला परेको प्रहरीको भनाइ छ । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको एयरपोर्ट प्रहरीले जनाएको छ ।


    सोमवार, चैत्र २८ २०७८०२:१९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij