Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको निर्देशन : उम्मेदवार सिफारिस गर्दा रकम नउठाउनु

कांग्रेसको निर्देशन : उम्मेदवार सिफारिस गर्दा रकम नउठाउनु

  • आइतवार, चैत्र २७ २०७८

  • 1.0K
    SHARES

  • कांग्रेसको निर्देशन : उम्मेदवार सिफारिस गर्दा रकम नउठाउनु

    काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टीका उम्मेदवारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न निर्देशन जारी गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला कार्यसमिमितका सभापतिहरुलाई आज लिखित निर्देशन दिँदै उम्मेदवारहरु सिफारिस गर्दा कुनै पनि रकम माग नगर्न भनेको हो ।

    कतिपय जिल्ला अन्तर्गत मातहतका पार्टी निकायबाट स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पार्टीको विधान तथा नियमावलीमा क्रियाशील सदस्य तथा लाभको पदमा रहेका पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेबी) वाहेक अन्य कुनै पनि किसिमको रकम लिन, उठाउन नमिल्ने स्पष्ट व्यवस्था भएको पनि कांग्रेस केन्द्रीय कार्यालयले स्पष्ट पारेको छ ।

    विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम (लेबी) लिन, उठाउन बाँकी भए त्यस्तो रकम तत्काल उठाउन भने कांग्रेस मुख्यसचिव कृष्ण पौडेलको हस्ताक्षर रहेको निर्देशनमा भनिएको छ ।


    आइतवार, चैत्र २७ २०७८०५:१६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij