Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सुपारी आयातको इजाजत तत्काल नदिन सरकारलाई संसदीय समितिको निर्देशन

सुपारी आयातको इजाजत तत्काल नदिन सरकारलाई संसदीय समितिको निर्देशन

  • बुधवार, चैत्र २३ २०७८

  • 690
    SHARES

  • सुपारी आयातको इजाजत तत्काल नदिन सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौँ । विदेशबाट सुपारी आयातको इजाजत रोक्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

    समितिको बुधबार(आज)को बैठकपछि सभापति विमलप्रसाद श्रीवास्तवले सुपारी आयातमा रोक लगाउन निर्देशन दिएका हुन् । विदेशी मुद्राको सञ्चिती कम रहेको अवस्थामा सुपारीजस्ता वस्तु आयातमा रोक लगाउनुपर्ने उनको भनाइ थियो ।

    सभापति श्रीवास्तवले समितिले आयात खुला गराइएका उद्योगमाथि अनुगमन गर्ने भन्दै अनुगमनको निष्कर्ष ननिस्किएसम्म आयात सिफारिस रोक्न निर्देशन दिएका हुन् ।

    समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल र गणेश पाण्डे सहभागी छन् ।


    बुधवार, चैत्र २३ २०७८०३:०४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij