Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फाइनल खेल दबावविना खेल्छौं : कप्तान लामिछाने

फाइनल खेल दबावविना खेल्छौं : कप्तान लामिछाने

  • आइतवार, चैत्र २० २०७८

  • 535
    SHARES

  • फाइनल खेल दबावविना खेल्छौं : कप्तान लामिछाने

    काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी–२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबावविना खेल्ने बताएका छन् ।

    सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सिरिजका अरु खेलमा जस्तै खेल्ने बताएका छन् । ‘हामीले जस्तो खेल्थ्यौ । फाइनलमा पनि त्यसरी नै खेल्छौं, कुनै प्रेसर लिदैनौं, हामी हाम्रो योजना अनुसार खेल्नेछौं’ उनले भने ।

    उनले सिरिजका क्रममा घाइते भएका कमल सिंह ऐरीको अभाव भने महसुस हुने बताए । नेपालका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले नेपाली युवा खेलाडीको खेलबाट आफू प्रभावित भएको बताए । ‘युवा खेलाडीको खेल देखेर खुसी छु नेपालको अहिले बेस्ट टिम छ’ उनले भने ।

    पीएनजीका कप्तान अस्वत भालाले फाइनल खेललाई लिएर केही दबाव महसुस भएको बताए । ‘हामी लामो समयदेखि टी(२० फर्म्याट खेलेका थिएनौं । त्यही भएर गाह्रो भएको छ’ उनले भने ।

    पीएनजीका प्रशिक्षकले नेपालसँगको एकदिवसीय खेल जिते पनि टी–२० मा पराजित भएको बताए । यद्यपि यो सिरिजले आफूहरुलाई फाइदा पुगेको उनले बताए ।


    आइतवार, चैत्र २० २०७८०५:२८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij