Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित, आजदेखि सम्पूर्ण डीपोहरु सञ्चालन

पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित, आजदेखि सम्पूर्ण डीपोहरु सञ्चालन

  • आइतवार, चैत्र २० २०७८

  • 595
    SHARES

  • पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित, आजदेखि सम्पूर्ण डीपोहरु सञ्चालन

    काठमाडौं । पेट्रोलियम व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन्।

    नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार ४ बुँदे सहमति भएसँगै पेट्रोलियम व्यवसायीहरुको आन्दोलनका सबै कार्यक्रम स्थगित भएका हुन्।

    सहमतिपछि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले यसअघि सार्वजनिक गरेका विरोधका कार्यक्रम फिर्ता लिएका हुन्। विभिन्न माग राख्दै उनीहरुले एक सातादेखि आन्दोलन थालेका थिए।

    पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको सहमति पत्रमा उल्लेख छ ।

    समितिले गत फागुन २३ मा निगम समक्ष पेस गरेको मागका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीबीच निगमको केन्द्रीय कार्यालय टेकुमा भएको वार्तामा १५ दिनभित्र माग सम्बोधन गर्ने सहमति भएको हो।

    योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपोहरु सञ्चालनमा आउने सहमति पत्रमा उल्लेख छ। ुपेट्रोलियम पदार्थका उभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार बिहान ८ बजेबाट सञ्चाल गरिनेछु सहमति पत्रमा उल्लेख छ ।


    आइतवार, चैत्र २० २०७८०७:०३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij