Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतले बिजुलीको अधिक मूल्य प्रतियुनिट भारु १२ तोक्यो, नेपाललाई राहत

भारतले बिजुलीको अधिक मूल्य प्रतियुनिट भारु १२ तोक्यो, नेपाललाई राहत

  • शनिवार, चैत्र १९ २०७८

  • 1.0K
    SHARES

  • भारतले बिजुलीको अधिक मूल्य प्रतियुनिट भारु १२ तोक्यो, नेपाललाई राहत

    काठमाडौं । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम् भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ ।

    यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत नियमन आयोगले यसअघि प्रतिनियुट भारु २०मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको हो । एक निर्देशन जारी गर्दै बिजुली महंगोमा किनबेच हुँदा पर्नसक्ने असररुहलाई न्युन गर्न मूल्यको सीमा घटाइएको आयोगले जनाएको छ ।

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता तथा भार प्रेषण केन्द्रका प्रमुख सुरेश बहादुर भट्टराईका अनुसार अब भारतबाट भारु १२सम्म ‘बिड’ (बोलकबोल) गरेर विद्युत खरिद गर्न सकिनेछ ।

    रुस-युक्रेन युद्धका कारण भारतका काइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको छ । यसका कारण अभावको अवस्था रहेपछि भारतको प्रतिस्पर्धी बजारमा बिजुलीको मूल्य प्रतियुनिट २० रुपैयाँसम्म पुगेको छ ।

    अब भने भारु १२ भन्दा बढ्न नपाइने व्यवस्था भएकाले अत्यावश्यक बेलमा नेपालले प्रतियुनिट २२ रुपैयाँसम्म बिजुली किन्न सक्ने अवस्था आएको प्रवक्ता भट्टराईले बताए । यसअघि ३८ रुपैयाँ बिड गर्दा पनि प्राधिकरणलाई बिजुली पाउन मुस्किल पर्दै आएको थियो । यसैका कारण उद्योगहरुमा बिजुली कटैती थालिएको थियो ।

    प्रवक्ता भट्टराईका अनुसार पछिल्ला दिनमा सक्दो बढी आपूर्ति गरेर उद्योगमा लाइन काट्न छाडिएको छ ।


    शनिवार, चैत्र १९ २०७८०३:०३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij