Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री शर्मा भन्छन् प्रतिबद्धता अनुसार विदेशी लगानी भित्रिन नसक्नुको कारण खोजौँ !

अर्थमन्त्री शर्मा भन्छन् प्रतिबद्धता अनुसार विदेशी लगानी भित्रिन नसक्नुको कारण खोजौँ !

  • आइतवार, चैत्र १३ २०७८

  • 597
    SHARES

  • अर्थमन्त्री शर्मा भन्छन् प्रतिबद्धता अनुसार विदेशी लगानी भित्रिन नसक्नुको कारण खोजौँ !

    काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालमा प्रतिद्धताअनुसार विदेशी लगानी भित्रिन नसक्नुको कारण खोजिनु पर्ने बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघमा विदेशी लगानी डेक्स स्थापना गर्न लगानी बोर्ड र महासंघबीच समझदारी गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

    ‘लगानीका लागि गरिएको प्रतिबद्धता अनुरुप लगानी आउन नसक्नुका पछाडि मिहिन ढंगले अध्ययन गर्नुपर्छ,’ शर्माले भने, ‘कारण खोजेर प्रतिबद्धताअनुसार अधिकतम लगानी भित्र्याउन सरकारले काम गर्छ।’

    सरकारले आन्तरिक एवं वाह्य सबै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको बताउँंदै उनले लगानी गर्न आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनसक्नु पर्ने पनि बताए ।

    कार्यक्रममा आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्न लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझादारी पनि भएको छ ।

    समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हस्ताक्षर गरे ।

    सहमती अनुसार अब उद्योग वाणिज्य महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष स्थापना गरिने छ । सहायता कक्षको सञ्चालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदान प्रदानमा सहयोग गरिनेछ ।


    आइतवार, चैत्र १३ २०७८०३:१३:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij