Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : केपी ओली

एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : केपी ओली

  • शनिवार, चैत्र १२ २०७८

  • 914
    SHARES

  • एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : केपी ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् । प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए ।

    ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भने । उनले एमाले बाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।

    ‘उनी दलहरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौँ भन्ने होला । नेपालमा किन रेल कुदायौँ भन्ने होला रु पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’

    उनले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ । उनले सबै दल एकातिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गरे । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए ।


    शनिवार, चैत्र १२ २०७८०२:५९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij