Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेको चुनावी घोषणापत्र मस्यौदा कार्यदल गठन, ओलीले ७५३ वटै कमिटीसँग भर्चुअल संवाद गर्ने

एमालेको चुनावी घोषणापत्र मस्यौदा कार्यदल गठन, ओलीले ७५३ वटै कमिटीसँग भर्चुअल संवाद गर्ने

  • बिहिवार, चैत्र १० २०७८

  • 1.1K
    SHARES

  • एमालेको चुनावी घोषणापत्र मस्यौदा कार्यदल गठन, ओलीले ७५३ वटै कमिटीसँग भर्चुअल संवाद गर्ने

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ ।

    केन्द्रीय कमिटीको विहीबार सम्पन्न बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

    कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदिप ज्ञवाली, विष्णु रिमाल,नेताहरु देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा,राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजिवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली छन् ।

    कार्यदलले चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालय समक्ष बुझाउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।

    यसैबीच घोषणापत्रको तयारीका लागि अध्यक्ष ओलीले चैत १६ गते ७६३ वटै पालिकाका कमिटीका प्रतिनिधिहरूसँग केन्द्रीय कार्यालयबाट भर्चुअल संवाद गर्ने जानकारी रिजालले दिए ।


    बिहिवार, चैत्र १० २०७८०४:१८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij