Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम बुझाउने म्याद थप

कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम बुझाउने म्याद थप

  • बिहिवार, चैत्र १० २०७८

  • 1.1K
    SHARES

  • कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम बुझाउने म्याद थप

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ ।

    परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा कक्षा ११ भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने १२ कक्षाको वार्षिक परीक्षाको आवेदन फाराम तोकिएको समयमा बुझाउन छुट भएका विद्यार्थीहरूका लागि फाराम बुझाउने म्याद थप गरेको हो ।

    कक्षा ११ को रजिस्ट्रेशन फारम र १२ को परीक्षा फाराम चैत १६ गते भित्र भरेर सम्बन्धित विद्यालयमार्फत बोर्डका कार्यालयहरूमा फाराम बुझाउने गरी म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयले आज एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फारामवापत प्रतिविद्यार्थी ८ सय शुल्क तिरेर फारम बुझाउन सकिने बताएको छ ।

    कक्षा १२ ९नियमित तथा आंशिक र ग्रेडवृद्धि० र कक्षा ११ ९आंशिक र ग्रेडवृद्धि मात्र० को वार्षिक परीक्षाको आवेदन फाराम तोकिएको समयमा बुझाउन छुट भएका विद्यार्थीहरूका लागि २०७८ चैत १६ गतेभित्र दोब्बर दस्तुर तिरेर फारम बुझाउन सकिने छ । त्यसका लागि परीक्षा आवेदन फाराम वापत प्रति विद्यार्थी १२ सय बुझाउनुपर्ने छ ।


    बिहिवार, चैत्र १० २०७८०३:२७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij