Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको राजनीतिक प्रतिवेदन : अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह (पूर्णपाठ)

ओलीको राजनीतिक प्रतिवेदन : अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह (पूर्णपाठ)

  • बुधवार, चैत्र ९ २०७८

  • 669
    SHARES

  • ओलीको राजनीतिक प्रतिवेदन : अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह (पूर्णपाठ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह भएको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकमा आज राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा प्रतिस्पर्धा हुने बताए ।

    ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ, राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा हुँदैछ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरुबीच हुँदैछ’ अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ ।

    ओलीले सत्ताधारीहरुको स्वार्थका लागि अदालत दुरुपयोग भइरहेको पनि बताए । उनले अदालतको दुरुपयोगकै श्रृङ्खलाका सहउत्पादनका रुपमा लामो समयसम्म हड्ताल चल्ने, पीडितहरुको न्यायको अधिकारमा अवरोध खडा गर्ने र स्वतन्त्र न्यायपालिकाको मर्ममाथि नै निर्मम प्रहार गर्ने स्थिति बनेको बताए । यसको पछिल्लो कडीका रुपमा सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

    प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै गठबन्धनको मनोवैज्ञानिक भयबाट मुक्त हुन जरुरी रहेको उल्लेख छ । गत निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनसँगै लडेर स्थानीय तह निर्वाचनमा एमाले एक्लैले ४२ प्रतिशत स्थानमा विजय हासिल गरेको भन्दै विजयको आधार सुदृढ रहेकाले त्यसैलाई सम्प्रेषित गर्दै निर्वाचनमा सफलताको आत्मविश्वासका साथ जान जरुरी रहेको प्रतिवेदनमा भनिएको छ ।

    ओलीले स्थानीय चुनावमा तालमेलबारे निर्णय गर्ने अधिकार जिल्ला कमिटीलाई दिने प्रस्ताव गरेका छन् । स्थानीय वास्तविकता र आवश्यकताअनुसार तालमेल आवश्यक भए सम्बन्धित जिल्ला कमिटीले प्रदेश कमिटीको सहमति लिएर निर्णय गर्न सक्ने उनले बताए ।

    पूर्णपाठ पढ्नोस्–

     

    p1.jpg

    p2.jpgp3.jpgp4.jpgp5.jpgp6.jpgp7.jpgp8.jpgp9.jpgp10.jpgp11.jpgp12.jpgp13.jpgp14.jpgp15.jpg


    बुधवार, चैत्र ९ २०७८०४:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij