Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धरातलमा एमाले र ओलीप्रति वितृष्णा छ : माधव नेपाल

धरातलमा एमाले र ओलीप्रति वितृष्णा छ : माधव नेपाल

  • आइतवार, चैत्र ६ २०७८

  • 607
    SHARES

  • धरातलमा एमाले र ओलीप्रति वितृष्णा छ : माधव नेपाल

    काठमाडौं–नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ‌ओलीप्रति धरातलमा वितृष्णा रहेको बताएका छन्।

    केही ठाउँहरूमा पुगेर केही मानिस पार्टी प्रवेश गराएर आनन्दको अनुभूति लिए पनि धरातलमा एमाले र ओलीप्रति वितृष्णा रहेको दाबी नेपालको थियो।

    ‘केही ठाउँहरूमा केही मानिसलाई प्रवेश गराएँ भनेर आनन्दको अनुभूति लिने एउटा कुरा भयो तर धरातलमा त्यस्तो स्थिति छैन,’ पार्टीमा युवाहरूलाई प्रवेश गराउने कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आज भने, ‘धरातलमा केपी ओलीप्रति वितृष्णा बढिरहेको छ, एमालेप्रति भ्रम टुटेको छ।’

    उनले एमालेबाट केन्द्रीय तथा जिल्ला तहका नेताहरू आफूहरूको पार्टीमा प्रवेश गरिरहेको पनि बताएका थिए। ‘जनताको विश्वास हामीले जित्नुपर्ने छ, जनताको विश्वास जित्ने कुरामा चुक्न हुन्न,’ उनले भने, ‘आफ्नो शक्ति बलियो बनाएर जानुपर्छ।’

    केही जिल्लाबाट त्यहाँका नेताहरूले पार्टी एक्लै पनि चुनावमा जान सक्ने बताइरहे पनि सहकार्य गर्न चाहनेलाई सँगै लिएर जाने उनले बताए।

    ‘हामी एक्लै पनि बलियो हुँदै गइरहेका छौं। विभिन्न जिल्लाबाट नेताहरूले एक्लै पनि चुनावमा जान सकिन्छ भनिरहनुभएको छ,’ उनले भने, ‘तर हामी सहकार्य गर्न चाहनेलाई हातमा हात मिलाएर चुनावमा जान चाहन्छौं।’

    उनले पैसा, दम्भ र अहंकारलाई पराजित गर्नुपर्ने बताए।


    आइतवार, चैत्र ६ २०७८०५:०८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij