Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

होली खेल्दाखेल्दै घरबाट खस्दा किशोरी गम्भीर घाइते

होली खेल्दाखेल्दै घरबाट खस्दा किशोरी गम्भीर घाइते

  • बिहिवार, चैत्र ३ २०७८

  • 759
    SHARES

  • होली खेल्दाखेल्दै घरबाट खस्दा किशोरी गम्भीर घाइते

    काठमाडौं । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।

    बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

    उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।

    ‘दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको छ’ मैनालीले भने ।


    बिहिवार, चैत्र ३ २०७८०४:५९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij