Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा

  • बुधवार, चैत्र २ २०७८

  • 595
    SHARES

  • नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा

    काठमाडौं – राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सोह्र करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ।

    कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

    उनीहरूमाथि बिगो र बराबरको जरिवाना गरी १६ करोड ४३ लाख ४५ हजार २८२ मागदाबी लिएर मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।

    उनीहरूले आठ करोड २१ लाख ७२ हजार ४४१ रुपैयाँ बराबरको राजश्व छलेको पौडेलले बताए।

    सौगात इन्टरनेशनलले जालसाजीपूर्वक नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक लिएर वित्ती विवरण, आय विवरण तयारी गरी मूल्य अभिवृद्धि कर र आयकर छलेको अनुसन्धानमा खुलेको छ।

    अनुसन्धानमा मूअकर २ करोड ५२ लाख १४ हजार ३९५ र आयकर ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँ छलेको भेटिएको विभागले जनाएको छ।


    बुधवार, चैत्र २ २०७८०३:३३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij