काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री रहेको समयमा एमसीसी पास गर्ने एमाले नेता भीम रावलले अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको सोमबार(आज) उद्घाटन गर्ने कार्यक्रममा देउवाले एमसीसीको विरोध गरिरहेका रावलप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले भने, ‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो? उसबेला दिमाग खुस्क्याथ्यो? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन, लाज छैन?’
रावलप्रति कडा रुपमा प्रस्तुत भएका देउवाले एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा पेस गरेका जानकारी गराए। रावल रक्षामन्त्री भएको स्मरण गराए ।
उनले थपे, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएन? के हेरेर बसेका थिए? उनले राजिनामा गर्नुपर्थ्यो।’
रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै लाज मान्नुपर्ने देउवाको भनाइ थियो ।