काठमाडौँ । क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्स प्रा. लि.का प्रबन्ध निर्देशक निशा खरेल र लेखक नयन राज पाण्डेबीच चर्चित उपन्यास "लू" को प्रतिलिपि अधिकार हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
चलचित्र "लू" को पटकथा पनि लेखक नयन राज पाण्डेले नै लेख्ने हुनु भएको छ । योसंगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं रमणीय र ठूलो बजेटका चलचित्रहरु आगामी दिनहरुमा निर्माण गर्ने उद्देश्यले आफ्नो स्थापना भएको बताएको छ ।
यस कम्पनीले नया अत्याधुनिक प्रबिधिको फिल्मी सामग्रीहरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ । यसले नेपाली फिल्म जगतलाई अझैं गुणस्तर बढाउने र रोजगारी पनि सृजना गर्ने छ । यससंगै आगामी दिनमा कारो फिल्म्सले अरु पनि वेब सिरिज,रियालिटी शोहरु निर्माण गर्ने बताएको छ ।
साथै आउने दिनमा नेपाल को फिल्मी क्षेत्रमा उत्कृस्ट प्रबिधि भित्र्याउने र ठूलो बजेटका चलचित्रहरु बनाएर नेपाली चलचित्र क्षेत्रलाइ नयाँ उचाइमा पुर्याउने कारो फिल्म्स को उद्देश्य रहेको प्रबन्ध निर्देशक खरेलको भनाइ छ ।