काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ ।
शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरुको पक्षरविपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५(११), ५(४) र ४ (९)को ठाडो उल्लंघन भएको छ ।
यी हुन् कारबाहीका लागि सिफारिसमा परेका युट्युव च्यानलहरु
१. टिसिने नेपाल
२. सुपर अनलाइन
३. ए वान समाचार
४. मिडिया ताजा खबर
५. नेपाली मन मिडिया
६. पुमा गौरव राई
७. नौलो शुभ अनलाइन
८. नयाँ खोज नेपाल
९. लक्ष्मण म्युजिक मिडिया
१०. अर्घाखाँची मिडिया
११. विशाल नेपाल
१२. मुन अफ नेपाल
१३. डिएमजी नेपाल
१४. नेपाली माटो
१५. समर्पित प्रकाश
१६. राताेपाटी मिडिया (नाेट: राताेपाटी डटकमकाे युटुव हाेइन)