Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

फागुन २२ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

फागुन २२ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

  • बुधवार, फाल्गुण १८ २०७८

  • 876
    SHARES

  • फागुन २२ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

    काठमाडौं – प्रतिनिधि सभाको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । आज बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका थिए ।

    एमाले सांसदको विरोधबीच नै सभामुखले बैठक अघि बढाउनुभएको थीयो । आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।

    प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले उक्त प्रतिवेदन पेश गरेपछि सभामुखले फागुन २२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

    अब फागुन २२ गते आइतबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयो ।


    बुधवार, फाल्गुण १८ २०७८०१:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij