Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

जसपाले एमसीसीका विषयमा आज निर्णय लिने

जसपाले एमसीसीका विषयमा आज निर्णय लिने

  • शनिवार, फाल्गुण १४ २०७८

  • 801
    SHARES

  • जसपाले एमसीसीका विषयमा आज निर्णय लिने

    काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीका विषयमा आज निर्णय लिने भएको छ। जारी केन्द्रीय कार्यकारिणी समिति बैठकको आजको मूल एजेन्डा नै एमसीसी राखिएको छ।

    शुक्रबारदेखि ललितपुरमा जारी बैठकमा हिजो कार्यकारिणी सदस्यहरुलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो।
    पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव मौन छन्।

    आन्तरिक विवादमा रहेको जसपाको कार्यकारिणी बैठक तीन महिनापछि हिजो बसेको हो। जसपामा हाल कायम १९ जना सांसद छन्।

     


    शनिवार, फाल्गुण १४ २०७८०७:३९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij