Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोट : युएईविरुद्ध नेपाललाई १७६ रनको लक्ष्य

विश्वकप छनोट : युएईविरुद्ध नेपाललाई १७६ रनको लक्ष्य

  • मंगलवार, फाल्गुण १० २०७८

  • 556
    SHARES

  • विश्वकप छनोट : युएईविरुद्ध नेपाललाई १७६ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा युएईले नेपालसामू १७६ रनको लक्ष्य पेश गरेको छ ।

    टस जितेर पहिलो व्याटिङ गरेको युएईले विष्फोटक सुरुवात गरेको थियो । निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको युएईका लागि ओपनर मोहम्मद वासिमले ७० रन बनाए । उनले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

    अर्का ओपनर चिराग सुरी ४ रन बनाएर जितेन्द्र मुखियाको बलमा बोल्ड भए पनि त्यसपछि आएका भृत्य अरविन्दसँग मिलेर वासिमले ५२ रनको साझेदारी गरे । अरविन्द ४६ रन बनाएर आउट भए । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए ।

    १६ ओभरपछि खेल नियन्त्रणमा राखेको नेपालले त्यसयता पाँच विकेट लिन सफल रह्यो । अविनाश बोहरा र जितेन्द्र मुखियाले ३–३ विकेट तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।


    मंगलवार, फाल्गुण १० २०७८०५:२५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij