Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

२ जना वन अधिकृतसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

२ जना वन अधिकृतसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

  • मंगलवार, फाल्गुण १० २०७८

  • 581
    SHARES

  • २ जना वन अधिकृतसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ–१ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध सोमबार जनही तीन लाख ६० हजार बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    आर्थिक वर्ष ०७३र०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट वृक्षरोपणका लागि तीन लाख ६० हजार विनियोजन गरे पनि वृक्षारोपण नगरी हिनामिना गरेको अख्तियारको दाबी छ ।


    मंगलवार, फाल्गुण १० २०७८०२:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij