Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

  • बुधवार, फाल्गुण ४ २०७८

  • 585
    SHARES

  • बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौँ । बलात्कार गरेको आरोपमा नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी( वारेन्ट) जारी भएको छ। जिल्ला अदालत बाँकेले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

    पक्राउ पूर्जी जारी भएसँगै अब कानुनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी( श्यामकृष्ण अधिकारीले जानकारी दिए।

    जुम्लाकी एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । बानियाँले आफूलाई बाँकेको अप्सरा होटल लगी जबरजस्ती करणी गरेको महिलाको जाहेरीमा उल्लेख छ ।

    बानियाँलाई अनुसन्धानको दायरामा ल्याएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने प्रहरीले बताएको छ ।


    बुधवार, फाल्गुण ४ २०७८०५:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij