Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक : एमालेको अवरोध भोली पनि जारी रहने

प्रतिनिधिसभा बैठक : एमालेको अवरोध भोली पनि जारी रहने

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 690
    SHARES

  • प्रतिनिधिसभा बैठक : एमालेको अवरोध  भोली पनि जारी रहने

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।

    बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’एमाले सांसद शेरबहादुर तामाङले भने ।

    एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको उनले बताए । ‘हाम्रो अवरोधकाबीच पनि सरकारले एमसीसी प्रस्ताव टेबुल गराएर सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने सम्भावना छ’ सांसद तामाङले भने ।

    आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।


    मंगलवार, फाल्गुण ३ २०७८०२:५०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij