Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ लाख कोभिड खोप अनुगमनका लागि गठित समितिले बुझायो प्रतिवेदन

२४ लाख कोभिड खोप अनुगमनका लागि गठित समितिले बुझायो प्रतिवेदन

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 666
    SHARES

  • २४ लाख कोभिड खोप अनुगमनका लागि गठित समितिले बुझायो प्रतिवेदन

    काठमाडौँ । कोभिड १९ विरुद्धको हराएको भनिएको २४ लोख खोप खोज्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

    डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको हो। खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवदेन बुझाइएको समितिका सदस्य सचिव वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले बताए।

    उक्त प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडाले अध्ययन गरेपछि मात्र बाहिर सार्वजनिक गरिने बताइएको छ। हराएको भनिएको २४ लाख खोपको खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

    समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य र वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्य सचिवमा थिए।


    मंगलवार, फाल्गुण ३ २०७८१२:४८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij