Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसी संसदमा टेबुल हुन कसैले रोक्दैन :रामचन्द्र पौडेल

एमसीसी संसदमा टेबुल हुन कसैले रोक्दैन :रामचन्द्र पौडेल

  • सोमवार, फाल्गुण २ २०७८

  • 814
    SHARES

  • एमसीसी संसदमा टेबुल हुन कसैले रोक्दैन :रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी संसदमा टेबुल हुन कसैले नरोक्ने बताउनुभएको छ ।

    आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै नेता पौडेलले सभामुख अग्नि सापकोटाले एमसीसी रोकेर नराख्ने दाबी गर्नुभएको हो ।

    संसदमा एमसीसीबारे छलफल हुने र पारित गर्ने नगर्ने निर्णय संसदले नै लिने उहाँको भनाइ थियो । नेपाल बार एसोसिएसन र न्यायाधीशहरुले नै प्रश्न उठाएकाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव स्वभाविक भएको उहाँको जिकीर थियो । राणाले सम्मानजनक बहिर्गमन नचाहँदा यस्तो अवस्था आएको नेता पौडेलले बताउनुभयो ।

    राणाले नै महाअभियोग लगाएर देखाउ भनेर चुनौती दिएको पनि उहाँले बताउनुभयो । संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्ताव ल्याए संसद्ले स्वीकार्न नहुने पौडेलको तर्क थियो ।

    आफू सभामुख हुँदा २०५१ सालमा मनमोहन अधिकारीले संसद भंग गरेको मुद्दामा पुनःस्थापनाको फैसला गर्ने तत्कालीन प्रधान न्यायाधीशविरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याउँदा आफूले अघि नबढाएको नजीर उहाँले सुनाउनुभयो ।


    सोमवार, फाल्गुण २ २०७८०३:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij