Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाको तयारी

दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाको तयारी

  • शनिवार, माघ २९ २०७८

  • 958
    SHARES

  • दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाको तयारी

    काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री देउवाले शनिबार बिहान भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका हुन् ।

    स्रोतका अनुसार देउवाले दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् । ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई दुई दिनभित्र पूर्णता दिने तयारी गर्नुभएको छ, त्यसबारे बिहान सत्ता गठबन्धनका नेताहरूसँग समेत छलफल भएको छ,’ एक मन्त्रीले भने, ‘सम्भवतः सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

    हाल रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छन् । पार्टीको महाधिवेशनमा महामन्त्री हारेपछि तत्कालीन रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका थिए । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएका गजेन्द्र हमालले पनि राजीनामा दिएका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री नियुक्त भएको भन्दै चौतर्फी आलोचना भएपछि हमालले २४ असोजमा राजीनामा दिएका थिए । रिजाल र हमालले राजीनामा दिएपछि ती मन्त्रालय रिक्त छन् ।

    शीर्ष नेताहरूबीच छलफल भए पनि ती मन्त्रालय कुन पार्टीले लिने वा कसलाई मन्त्री बनाउने भन्नेबारे सहमति भइसकेको छैन । प्रधानमन्त्री देउवा भने आफ्नै पार्टीभित्र दबाबमा छन् । देउवामाथि गत महाधिवेशनका सहयोगी नेता प्रकाशमान सिंह समूहबाट एक जना मन्त्री बनाउनुपर्ने दबाब छ भने आफ्नै समूहभित्रको गुनासो सम्बोधनमा पनि दबाब छ ।

    हाल मन्त्रिपरिषद्‌मा कांग्रेसबाट प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रबाट ६, एकीकृत समाजवादीबाट ५ र जनता समाजवादी पार्टीबाट ४ मन्त्री छन् ।


    शनिवार, माघ २९ २०७८०५:३६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij