Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फागुन २ को सदन नियालेर मात्रै माओवादीको केन्द्रीय समिति बैठक बस्ने

फागुन २ को सदन नियालेर मात्रै माओवादीको केन्द्रीय समिति बैठक बस्ने

  • शुक्रवार, माघ २८ २०७८

  • 831
    SHARES

  • फागुन २ को सदन नियालेर मात्रै माओवादीको केन्द्रीय समिति बैठक बस्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले २ फागुनमा बस्ने संघीय संसद् बैठकमा एमसीसीले गर्दा विकसित हुन सक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक बस्ने बताएका छन् ।

    आज र भोलिका लागि तय गरिएको बैठक माओवादीले स्थगित गरेको छ । कोरोनाको कारण देखाइएकोमा बैठक स्थगित हुनुमा राजनीतिक कारण देखिएको छ ।

    ‘संसद्‍मा एमसीसीबारे त क्लियर हुनुपर्‍यो । नभइकन बैठक बसेर छलफल गर्नु उचित छैन । संसदमा एमसीसीबारेको अवस्था के हुन्छ रु त्यसपछि कसरी जाने ? के गर्ने ? अनि चाहिँ बैठक बस्नु ठीक हुन्छ’ नेता गजुरेलले भने ।

    एमसीसीका कारण माओवादी विवादित छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २७ सेप्टेम्बर २०२१ मा एमसीसी कार्यालयलाई परियोजना अनुमोदन गरेर कार्यान्वयन गर्न सहमत रहेको भनी लेखेको पत्र सार्वजनिक भएसँगै माओवादी विवादित भएको हो । एमसीसी पारित गर्न नहुने पक्षमा माओवादीमा ठूलो पंक्ति नै छ ।

    स्थानीय निर्वाचन, निर्वाचन केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने र महासचिवसहितको पदाधिकारी छनोट बैठकका एजेण्डा थिए ।


    शुक्रवार, माघ २८ २०७८०३:०६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij