Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

एसईई वैशाख ९ गतेदेखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

एसईई वैशाख ९ गतेदेखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

  • बुधवार, माघ २६ २०७८

  • 956
    SHARES

  • एसईई वैशाख ९ गतेदेखि गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार(आज) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

    परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

    बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।


    बुधवार, माघ २६ २०७८०५:२३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij