Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चुनावको मिति तोक्नु स्वागतयोग्य : नेकपा एमाले

चुनावको मिति तोक्नु स्वागतयोग्य : नेकपा एमाले

  • सोमवार, माघ २४ २०७८

  • 856
    SHARES

  • चुनावको मिति तोक्नु स्वागतयोग्य : नेकपा एमाले

    काठमाडौं – सरकारले स्थानीय चुनावको मिति नतोकेको भन्दै आन्दोलनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले वैशाख ३० मा स्थानीय निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको टिप्पणी गरेको छ ।

    अन्ततः सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव गर्नेगरी मिति घोषणा गरेको हो । चुनावको मिति घोष्णा गर्नुअघि सरकारले निर्वाचन आयोगसँग परामर्श गरेको थियो ।

    सरकारले बैशाख ३० गते चुनाव गर्न सकिन्छ कि सकिदैन भनेर आयोगसँग गरेको परामर्शमा आयोगले सकिने जवाफ दिएपछि सरकारले बैशाख ३० को मिति घोषणा गरेको हो ।

    निर्वाचन आयोगकै सुझावअनुसार सरकारले मिति घोषणा गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिने भएपछि त्यसअघि नै नयाँ जनप्रतिनिधिले पदबहाल गर्नेगरी बैशाख ३० मा चुनाव गर्दा सहज हुने आयोग पदाधिकारीको भनाई छ ।

     


    सोमवार, माघ २४ २०७८०५:३०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij