Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मतदाता नामावली संकलन कार्य भोलिदेखि रोकिने

मतदाता नामावली संकलन कार्य भोलिदेखि रोकिने

  • सोमवार, माघ २४ २०७८

  • 976
    SHARES

  • मतदाता नामावली संकलन कार्य भोलिदेखि रोकिने

    काठमाडौँ । निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ। आज बसेको आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावली संकलनको काम मंगलबारदेखि स्थगित गर्ने निर्णय भएको जानकारी दिए।

    सरकारले आज स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि आयोगको बैठकले मतदाता नामावली संकलनको काम स्थगित गर्ने निर्णय गरेको हो।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले नामावली संकलनको काम स्थगित गरेर मंगलबार देखि नै अद्यावधिक गर्ने काम सुरु हुने बताए।


    सोमवार, माघ २४ २०७८०५:११:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij