Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न भीम रावलको माग

देउवा र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न भीम रावलको माग

  • सोमवार, माघ २४ २०७८

  • 787
    SHARES

  • देउवा र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न भीम रावलको माग

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा रावलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताए । ‘कसरी कूटनीतिलाई कमजोर बनाइँदैछ र देशको स्वाभिमानमा धक्का पुग्दैछ भन्ने यो नमुना हो,’ उनले भने ।

    देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा सम्झौता अनुमोदन गर्न समय माग्नुका साथै एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्नेछ भनेर लेखिएको रावलले बताए ।


    सोमवार, माघ २४ २०७८०२:५९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij